Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    सोमबार, असार ९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले आज (सोमबार) प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृत स्तर छैटौँ) शंकर प्रसाद सुवेदीसहित ३ जना जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    उनीहरूले सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थावाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका प्रतिवादी तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिजाली मगरसमेतका प्रतिवादीहरुले आफ्नो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेतको सम्पत्ति हिनामिना गर्ने नियतले मिति २०८०।०४।०१ देखि मिति २०८१।०४।३२ सम्मको अवधिमा संकलन भएको राजस्व रकम ३४,०३,८५६.५० मध्ये ८,३६,३३० रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी २५,६७,५२६.५० रकम हिनामिना गरेको खुलेका आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

    उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिनारहानी नोक्सानी गरीरगराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार