Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ६१ किलो सुन तस्करी प्रकरण: बहस नसकिएपछि अमलाको मुद्दा हेर्दाहेर्दैमा


    आइतबार, असार ८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई थुनामा राख्ने कि थुनाबाहिरै राखेर पुर्पक्ष गर्ने भन्ने सोमबार मात्रै टुंगो लाग्ने भएको छ।

    रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोखाबाट पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएएको थियो।

    आइतबार अदालतमा उपस्थित गराएर उनको बकपत्र गराइएको छ। तर बहस नसकिएपछि न्यायाधीश बलराम लम्सालको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ।

    २०८० भदौमा पहिलो चरणमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। २६ जना पक्राउ परेका थिए। तीन जना फरार थिए।

    ब्रेक–सुमा लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले सुरुमा बरामद गरेको थियो। १९ दिन विभागले नै अनुसन्धान गरेपयछि ठूलो गिरोह रहेको पाइएपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो।

    यो तस्करीका नाइके अमलाका श्रीमान तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ रहेको प्रहरीको दाबी छ। अमलासँगै भोला साह, जीवन चलाउने पनि फरार छन्।

    त्यतिबेला अदालतमा पेश गरिएका मध्ये एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

    दोस्रो चरणमा यही मुद्दामा २०८१ असारमा सीआईबीले मुद्दा पेश गरेको थियो। त्यतिबेला १९ जना प्रतिवादी बनाइएकोमा १६ जना पुर्पक्षका लागि थुनामा र ३ जनासँग धरौटी माग गरिएको थियो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार