Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ८२ तोला अवैध सुनका गहनासहित पोखराबाट दुई जना पक्राउ


    आइतबार, असार ८ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले बिक्री गर्नका लागि अवैध रूपमा बोकेको ८५ तोला सुन सहित दुई जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार भारतको न्यु प्रताप नगर जि।टी। रोड अमृतसर –१ पन्जाबका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पुर्वबहियाका ४७ वर्षीय रामबहादुर बि।क।लाई पक्राउ गरिएको हो।

    असार छ गते पोखराको विभिन्न स्थानहरूमा अवैध रूपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी परिचालन गरेको थियो। प्रहरी टोलीले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी हुँदै बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा चेक जाँच गर्दा उनीहरू सुनका गरगहना सहित पक्राउ परेका हुन्।

    पक्राउ परेका दुवै जनालाई उक्त सामान सहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार