Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीकै भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    आइतबार, असार ८ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।

    अघिल्लो दिन (शुक्रबार) प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ५ सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढे छ। आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा मूल्यमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार