Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


    आइतबार, असार ८ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्न लागेको हो ।

    बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ ।

    बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजनमाथि छलफल गरिनेछ ।

    सांसदहरूले खर्च कटौतीको प्रस्ताव समेत पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

    सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनेछन् । उनले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार