Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ओली रणनीति: नियुक्तिको प्रलोभन दिदै प्रचण्ड-माधव समुहका नेता-कार्यकर्ता तान्दै


    सोमबार, माघ १२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौ । असम्बैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी ओलीले बिभिन्न प्रलोभन दिदै लोभीपापीहरुलाई आफ्नो समुहमा भित्र्याउने क्रमलाई अगाडि बढाएका छन् ।

    ओलीको कदमको विरुद्ध सडकमै उत्रिएका प्रभु साह, गौरीशन्कर चौधरी, मणिचन्द्र थापालाई शाही शैलीमा मन्त्री बनाएका ओलीले पुर्व माओवादीतर्फका नेता तान्न पद र पैसा जे जे हुन्छ त्यही त्यही दिने आश्वासन दिने गरेका छन् । यसैक्रममा शनिबार चित्रबहादुर केसी नेतृत्वको रास्टिय जनमोर्चाबाट माओवादी केन्द्र प्रवेश गरेका बाग्लुङका लीलबहादुर थापालाई खेलकुद परिषदमा नियुक्ति दिने आश्वासन दिएर ओली समुहमा भित्र्याएको खुलासा भएको छ ।

    पुर्व लडाकुको आवरणमा थापाहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ओलीको प्रतिगमनलाई साथ दिने कसम खान पुगेका छन् । मसालको राजनीतिक पृष्ठभुमि भएका थापाले खेलकुद परिषदको सदस्य सचिवका लागि आवेदन दिएका थिए । तर ओलीले आफना गुटका बफादार रमेश सिलवाललाई नै बनाएपछि उनको नियुक्ति हुने सपना तुहिन पुगेको थियो । ओलीले उनको नियुक्तिको चाहनालाई बुझेर सिलवाललाई केही समयपछि अन्यत्रै लाने र उनलाई नियुक्ति गर्ने आश्वासन दिएपछि उनी ओलीको प्रतिगमनलाई साथ दिन पुगेका छन् ।

    प्रभु साह, लिलबहादुर थापामात्र होइन ओलीले सत्ताको दुरुपयोग गर्दै पदको प्रलोभन दिएर लोभीपापीहरुलाई भित्र्याउने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएका छन् । केन्द्रीय सदस्यको ललीपपले मात्र नपुगेर नियुक्तिको आश्वासन दिदै ओली समुहतिर लाने क्रम जारी छ ।
     
    राधाकृष्ण मैनाली, देवी ओझा, धवलसम्सेर राणा, बद्री बस्नेत, बद्री मण्डल, कमल चौलागाईलगायतको लोभीपापीहरुको झुन्ड ज्ञानेन्द्र शाहको १९ माघ २०६१ को कदमलाई समर्थन गर्दै उनको पाउमा लम्पसार परे पनि उनको सत्ता १ बर्ष पनि टिक्न नसकेको इतिहास ओलीले देखेकै छन् ।
     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार