रौतहट । रौतहटमा प्रहरीले विशेष चेकजाँचका क्रममा बिलविजक भन्दा बढी परिमाणमा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे तिर चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर नजिकै चेकजाँचका क्रममा सो ट्रकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ना ४ ख ७८६७ नम्बरको ट्रकमा बिलविजकभन्दा बढी परिमाणमा विभिन्न किराना र कपडाका सामग्रीहरू राखिएको पाइएको छ। नियन्त्रणमा लिइएको ट्रक र ट्रक चालक हरिहरनगर नगरपालिका–१ का २० वर्षीय जय दास सत्रियलाई थप कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय, पथलैया पठाइएको छ।
अनुमानित ४५ लाख ५६ हजार रुपैयाँ बराबरको सरसामान बिना कागजात राखिएको भन्दै प्रहरीले सो सम्बन्धमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी दिपक कुमार रायले आवश्यक करछलीको अनुसन्धानको लागि ट्रक र सामान सम्बन्धित निकायमा बुझाइएको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend