काठमाडौ । निर्वाचन आयोगले आइतबार साझ नेकपाको बिभाजनलाई मान्यता नदिने निर्णय सगै प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले गरेको ११ सय संख्याको केन्द्रीय कमिटी अबैध भएको छ । भेडीगोठजस्तो केन्द्रीय कमिटीमा परेकाहरु आयोगको निर्णय सगै अबैध भएका छन् ।
यो निर्णयसँगै ७ पुष २०७७ को केन्द्रीय कमिटिबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा थपेका केन्द्रीय सदस्यहरुले मान्यता नपाउने भएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साविककै विवरण कायम रहेको जानकारी दिने निर्णय गरेको हो। साविक केन्द्रीय कमिटिमा ४४१ जना कमिटीका सदस्य छन् ।
यी मध्ये ३ सय १५ जनाले ७ पुष २०७७ मा बबरमहल स्थित कार्की पार्टी प्यालेसमा बसेकाे केन्द्रीय कमिटि बैठकमा प्रचण्ड– नेपाल पक्षमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री ओलीलाई भने बाँकी १ सय ३६ जनाको मात्रै साथ दिएको छ ।
पार्टी कमिटीमा अल्पमतमा रहेका ओलीले ७ पुष २०७७को बैठकमा नै आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक बोलाएर ५ सय ५६ केन्द्रीय सदस्य थपेर आफ्नो पक्षमा बहुमत बनाउने प्रयास गरेका थिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ मा हठात् प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा ओली समूह र प्रण्चण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसपछि दुवै समूहले निर्वाचन आयोगमा आफूहरू मूल पार्टी रहेको दाबी सहित आयोग पुगेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend