Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ८ सय रूपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, असार ६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ सामान्य रूपमा घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाको तुलनामा शुक्रबार भने सुनको भाउ प्रति तोलामा ८ सय रुपैयाँ घटेको हो ।

    जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो छापवाल सुन तोलाको एक लाख ९५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, चाँदीको मुल्य पनि सामान्य गिरावट आएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    गत बिहीबार चाँदी प्रतितोलामा २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार