Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोकिएको समयमा निर्वाचन हुन्छ : मुख्यमन्त्री गुरुङ


    आइतबार, माघ ११ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीको संसद् विघटनको निर्णय सही भएको दाबी गर्दै उहाँले तोकिएको समयमै निर्वाचन हुने र ओली नेतृत्वको नेकपा सूर्य चिन्ह लिएर निर्वाचनमा जाने दाबी गर्नुभयोे । 

    चौतर्फी घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले देश र जनताको हितका लागि संसद् विघटन गरेको उहाँको तर्क थियो । ‘अप्ठ्यारोमा परेका बेला देशको अदालत जनता हुन्’ उहाँले भन्नुभयो, “ताजा जनादेशमा जाने कुरा लोकतान्त्रिक कि अलोकतान्त्रिक ?” उहाँले प्रतिगमन चाहनेले नै संसद् विघटन गरेर मध्यावधिमा जाने कदम प्रतिगामी भएको भन्दै आएको बताउनुभयो । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको भेलालाई बागलुङको बुर्तिबाङ बजारमा सम्बोधन गर्दै गुरुङले केपी शर्मा ओलीको प्रभावकारी कामबाट आत्तिएकाले संसद् विघटन गर्न बाध्य बनाएको आरोप लगाउनुभयो । “बुर्तिबाङमा देवकुमारले गरेको कामले यहाँ अरु दलहरु आत्तिएका छन्, सङ्घमा प्रधानमन्त्री ओलीका कामले आफ्नै दलभित्रका विभाजनकारी आत्तिए”, गुरुङले भन्नुभयोे “छिमेकी रिझाउनका लागि विभाजनको बाटो खोज्ने आँफै सकिन्छन् ।” 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार