Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • कैलालीमा कैदी मृत्यु प्रकरणः प्रहरीका सई पक्राउ


    बिहिबार, असार ५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई)लाई पक्राउ गरिएको छ ।

    डडेल्धुराको भागेश्वर गाउँपालिका(५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई हरजीत नाथलाई पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी)राजकुमार सिंहले बताएका छन् ।

    डीएसपी सिंहका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

    नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन् । नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार