रौतहट। रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका ११ राङ्गी गाउँस्थित संचालित खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी भएको छ। सो ट्रान्सफर्मर चोरी भएसँगै गाउँका सैयौं परिवार खानेपानीबाट बञ्चित भएका छन्।
मंगलबार राती अज्ञात चोर समूहले विद्युतको लाईन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्। चोर समूहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका केबुल चोरेर लागेको स्थानीयले बताएका छन्।
गाउँ बाहिर रहेको खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी बारे बुधवार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। ट्रान्सफर्मर चोरी भए पछि अहिले राङ्गी गाउँको खानेपानीको आपूर्ति ठप्प भएको छ।
यस्तो गर्मीको मौसममा खानेपानीको आपूर्ति बन्द हुँदा १०० भन्दा बढी परिवारलाई ठुलो सास्ती भएको समाजसेवी हरी कोईरालाले बताए।
ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमूख इन्स्पेक्टर सुरेन्द्र यादवले चोरीको घटना बारे आफूहरुले बुधबार बिहान ११ बजे थाहा पाउने बितिकै स्थलगत निरीक्षण गरेको न्युजकारखानालाई बताए ।
ट्रान्सफर्मर चोरी मंगलवार राती ११–१२ बजेको बीचमा भएको हुनुपर्छ। फतुवा बिजयपुर एरियामा मंगलवार राति १२ भएपछि पानी परेको थियो र चोरी भएको स्थानमा राखिएको प्लास्टिक माथि पानीको थोपा देखिएको छ। ट्रान्सफर्मर चोरी गर्ने कुनै नयाँ गिरोह सक्रिय भएको अनुमान गर्दै घटनाको अनुसन्धान भईरहेको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्।
केही वर्ष अघि पनि राङ्गी गाउँको सोही खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो। ईलाका प्रहरी कार्यालय बिजयपुरका तत्कालीन प्रमुख इन्स्पेक्टर चन्द्रकान्त साह घटनाको गहन अनुसन्धान गरी चोरीमा संलग्न ५ जना लाई पक्राउ गरेको थियो।
पक्राउ परेका सबैजना आरोपहरु पुर्पक्षका लागि जेल चलान भएर अहिलेसम्म छुटेका छैनन्। त्यस पछि ट्रान्सफर्मर चोरीको घटना प्रायः बन्द भएको थियो।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend