काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला टी-२० विश्वकप २०२६ को तालिका एक वर्ष अगाडि नै सार्वजनिक गरेको छ।
इङल्याण्डमा अर्को वर्षको जुन १२ देखि जुलाई ५ सम्म हुने महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल जुन १२ मा आयोजक इङ्ल्यान्ड र श्रीलंकाबीच हुने भएको छ।
प्रतियोगिताको फाइनल खेल जुलाई ५ मा हुनेछ। यस प्रतियोगितामा १२ देशले भाग लिनेछन् र कुल ३३ खेल खेलिनेछन्। टी–२० विश्वकपमा सहभागी १२ देशलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा भारत, पाकिस्तान, अष्ट्रेलिया र दक्षिण अफ्रिका छन् भने समूह बी मा इङ्गल्याण्ड, न्युजिल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज छन्। दुवै समूहका बाँकी २–२ देश ग्लोबल क्वालिफायरबाट आउनेछन्। नेपाल पनि ग्लोबल क्वालिफायरका लागि छनोट भएको छ।
आईसीसीले ग्लोबल क्वालिफायरको मिति तय गरेको छैन। ग्लोबल क्वालिफायरमा १० देश खेल्ने छन् भने शिर्ष ४ देश विश्वकपमा छनोट हुने छन्। अहिलेसम्म ग्लोबल क्वालिफायरका लागि युएई, बंगलादेश, स्कटल्याण्ड, अमेरिका, नेपाल र थाइल्याण्ड छनोट भइसकेका छन्।
प्रत्येक समूहका शीर्ष २ टोलीहरू सेमिफाइनलमा पुग्नेछन्। दुवै सेमिफाइनल खेल जुन ३० र जुलाई २ मा ओभलमा हुनेछन् र फाइनल जुलाई ५ मा लर्ड्समा हुनेछ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend