Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित एकजना महिला पक्राउ


    बुधबार, असार ४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

    विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ ।

    एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार