Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ २५ सय रूपैयाँले घटयो, तोलाको कति पुग्यो ?


    मंगलबार, असार ३ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २५ सय रुपैयाँले घटेको हो ।

    आज सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य एक लाख ९७ हजार पाँचसय रुपैयाँ थियो।

    आज चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एकसय ६० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार