Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिकोणात्मक टी-२० सिरिज: नेपालले आज स्कटल्याण्डसँग खेल्दै


    मंगलबार, असार ३ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्कटल्याण्डमा जारी रहेको त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । आज नेपाल र स्कटल्याण्ड पहिलो पटक खेल्न लागेका हुन् ।

    सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी-२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन ।

    यसअघि शृङ्खलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

    २० जुनसम्म हुने यो त्रिकोणात्मक सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार