Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मालपोत कार्यालयका दुई खरिदारसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    सोमबार, असार २ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई खरिदारसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले सोमबार मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे र रतन बहादुर जीसीसहित चार जना उपर घुस रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

    उनीहरूमाथि जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (बिचौलिया) मार्फत सेवाग्राहीसँग घुस रिसवत लिएको आरोप आयोगले लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार