Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


    सोमबार, असार २ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा पालिकाका सब(इन्जिनियरविरुद्ध मुद्दा दायर गरिएको छ ।

    सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सब-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमारविरुद्ध मुद्दा दायर गरेको हो ।

    उनीमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको आरोप आयोगले लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार