काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।
गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने बताए ।
अहिले केही असहमति देखिए पनि यसलाई देश रूपान्तरणको दिशामा अघि बढ्न खोजेकाले उत्पन्न हुन आएको परिस्थितिका रूपमा बुझ्न आग्रह गर्दै मन्त्री ज्ञवालीले सम्मानित अदालतले यसबारेमा फैसला गर्ने भएकाले सोहीअनुरूप अघि बढ्नु पर्नेमा जोड दिए ।
अहिले मुलुकमा देखिएको समस्यालाई लिएर नेपालको लोकतन्त्र, सङ्घीय शासन व्यवस्था, गणतन्त्र, विकासको जग र लोकतन्त्रवादी समाजवाद उन्मुख जग भत्कन्छ की भनेर कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उनले जनताको अधिकार संस्थागत गर्ने दिशामा नै सरकार अघि बढेको बताए ।
एक अर्को प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले गैर आवासीय नेपालीलाई नेपालको विकास र समृद्धिको सहयात्री बन्न आग्रह गरे । उनले नेपालमा देखिएका असहमतिलाई लिएर गैर आवासीय नेपाली साह्रै बढी चिन्तित र विभाजित हुन नहुने उल्लेख गरे । मन्त्री ज्ञवालीले नेपाल लगानी अनुकूल वातावरण भएको मुलुक भएको चिनारी विश्वलाई दिन गैर आवासीय नेपालीलाई त्यो अनुरूपको भूमिका खेल्न आग्रहसमेत गरे ।
गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षता र महासचिव हेमराज शर्माको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, सङ्घका पूर्व अध्यक्षहरु देवमान हिराचन, जिवा लामिछाने, डा शेष घले र भवन भट्ट, सल्लाहकारहरु कुल आचार्य, टिवी कार्की, रामप्रताप थापा, सङ्घका उपाध्यक्षहरु डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी, रविना थापालगायतले धारणा राखेका थिए । रासस
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend