Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नेदरल्यान्ड्ससँग भिड्दै टी-२० त्रिकोणात्मक सिरिज सुरुवात गर्दै नेपाल


    सोमबार, असार २ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिदेशीय टी–२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

    नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी–२०आई खेलहरूमा ७ खेल नेदरल्याण्ड्सले र ५ खेल नेपालले जितेको छ । १ खेल भने नतिजाविहीन छ । पछिल्लोपटक नेपाल र नेदरल्याण्ड्स सन् २०२४ जुनमा आईसीसी टी–२० विश्वकपको खेलमा भिडेका थिए जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो ।

    त्यसअघि मार्चमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । फाइनलअघि भएको २ खेलमा भने दुवै टोलीले १–१ जित निकाले ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार