Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संवैधानिक इजलासमा ‘बाझाबाझ’


    आइतबार, माघ ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संसद विघटनसम्बन्धी सर्वाेच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आइतबार संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको छ ।

    वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभनकाे स्थिति देखिएकाे हाे । इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो ।

    श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यसबारे बहस नगर्न भन्ने कुरा उठाएका थिए । लगत्तै सरकारकी वकिलको तर्फबाट महान्यायधिवक्ता अग्नी खरेल, वरिष्ठ अधिवक्ता सुशिल पन्त अनि नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरे ।

    त्यस क्रममा दुवै पक्षबीच भनाभान जस्तो भएको थियो । इजलाशले पछि समय दिने भनेपछि श्रेष्ठ पछि हटे । सरकारकी वकिलहरु पनि आ-आफ्नो स्थानमा बसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार