Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिकटकर रमा बस्नेत पक्राउ


    आइतबार, असार १ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । टिकटकबाट प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्रहत्या गरेको आरोपमा खोटाङकी रमा बस्नेत पक्राउ परेकी छन् ।

    नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुर बस्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई आज नियन्त्रणमा लिएको हो । उनले टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी नियोजितरुपमा जातीय एवम् साम्प्रदायिक भावनामा खलल पुर्याएको उनीमाथि आरोप छ । उनले सामाजिक संजालबाट साम्प्रदायिक बिद्वेष फैलाउने किसिमका अभिब्यक्ति दिएको आरोपमा आइतबार पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

    ३१ वर्षीया बस्नेतलाई आज पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिई अनुसन्धान थालिएको साइबर ब्यूरोले जनाएको छ ।

    बस्नेतले प्रतिष्ठित व्यक्ति र संस्थाविरुद्ध तथ्य र आधारहीन विषय उठान गरी टिकटकमा लगातार भिडियो हालेको गुनासोपछि अनुसन्धानका लागि नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।
    उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भैरहेको जनाइएको छ ।

    राजनीतिक दल र तिनका नेता–कार्यकर्तालाई तथानाम गाली गर्दै सामाजिक सञ्जालमा उनले बिषबमन गर्नेगरेकी थिइन् । बालेन, रविहरुको समर्थन गर्ने बस्नेतले अरु दलका नेताहरुको उछित्तो काढ्ने गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार