Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता


    आइतबार, असार १ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले जानकारी दिए

    प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

    त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार