काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा भ्रष्टाचार गरेको आरोपमा गाउँ विकास समितिका तत्कालीन अध्यक्षसहित १७ जना विरुद्ध मुद्दा दायर गरेको छ।
बाँकेको नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तव ,कार्यालयका सचिवद्वय सावित राम कुर्मी,अशोक कुमार श्रीवास्तवलगायत १७ जनाविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ हिनामिना गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
सामाजिक सुरक्षा भत्ता वितरणमा गाविस सचिव र मुखियाको मिलेमतो गरी नियम विपरीत भत्ता वितरण गरेको उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा साविक नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष श्रीवास्तवसमेत १७ जनाको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको खुल्न आएको अख्तियारको दावी छ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आर्थिक वर्ष २०५७र०५८ देखि २०७२र०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जनालाई व्यक्तिलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको उनीहरूमाथि आरोप छ।
सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिलाई समेत प्रतिवादी बनाइएको छ।
उनीहरूविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ बिगो,सजाय र कैद माग गरिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend