Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वजनमुक्ति सेनाका समस्या राजनीतिक रुपले समाधान हुन्छ : प्रधानमन्त्री


    शनिबार, माघ १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताउनुभएको छ  ।

    पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उहाँहरुलाई धोका नदिइने स्पष्ट पार्नुभएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।  

    प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उहाँहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भन्नुभयो, “पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग ग¥यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौँ । अब विगतमा जस्तो धोका पाउनुहुने छैन ।” 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार