Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा प्रहरीले चलायो गोली, २ जना पक्राउ


    बिहिबार, जेष्ठ २९ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा प्रहरीले गोली चलाएर दुई जानलाई नियन्त्रणमा लिएको छ ।

    गोली चलाएर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता राजकुमार सिंहले बताए । उनका अनुसार गोली चलाएर ज्यान मार्ने उद्योगका आरोपित मिलन चन्द र रिदम ढुंगानालाई पक्राउ गरिएको ।

    खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा लागेका उनीहरू फरार थिए । कैलाली प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको थियो । पक्राउ गरेर ल्याउने क्रममा भजनी गाउँपालिका–७ मा आएपछि पिसाब फेर्ने क्रममा उनीहरू फरार भएका थिए ।

    त्यसपछि नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले बताएको छ । त्यति गर्दा पनि उनीहरू फरार भएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रवक्ता सिंहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार