काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
सामाखुसी कोरिडोरको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा उनीहरूमाथि ४ करोड ३१ लाख ७२ हजार २८७ को सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोप छ।
काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक परियारसहित निर्देशक रबीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध मुद्धा दर्ता भएको हो ।
ठेक्का प्रक्रियामा समानान्तर सेवा प्रा।लि।लाई सबैभन्दा कम कबोल रकम १८ करोड ९ लाख २२ हजार तीन सय २५ प्रस्ताव गरेको भए पनि ‘पेन्डिङ लिटिगेसन’ को गलत व्याख्या गरी अयोग्य ठहर गर्दै दोस्रो कम कबोलकर्ता कल्पवृक्ष–कोहिनूर जे।भी। ९रु। २२ करोड ४० लाख ९४ हजार छ सय १२ लाई ठेक्का दिएको आयोगले जनाएको छ । यसबाट महानगरपालिकालाई ४ करोड ३१ लाखभन्दा बढीको नोक्सानी भएको आयोगको ठहर छ।
आयोगले यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र १९(२) अनुसार कसुर भएको जनाउँदै सबै प्रतिवादीविरुद्ध बिगो रकम असुल, जरिवाना र कैद सजायको माग गरेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend