Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से परिसूचक २५.०७ अंकले बढ्यो


    मंगलबार, जेष्ठ २७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २५.०७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६७८ अंकमा कायम भएको छ ।

    बजारसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ६८ करोडको कारोबार भएकोमा आज १० अर्ब १६ करोडको भयो ।

    १९६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.१२ प्रतिशत बढ्यो ।

    बैंकिङ ०.९३, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ०.४६, लगानी ०.६८, जीवन बीमा १.०८, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.२६, अन्य १.५१ तथा व्यापार १.०७ प्रतिशत बढे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार