Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति


    मंगलबार, जेष्ठ २७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यो रकम गत असार मसान्तको तुलनामा २३र१ प्रतिशतले बढेको हो ।

    वैशाख मसान्तसम्म अमेरिकी डलरमा यो सञ्चिति १८ अर्ब ४० करोड डलर बराबर छ, जुन असार मसान्तको तुलनामा २०/५ प्रतिशतले बढी हो ।

    कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कसँग २२ खर्ब ११ अर्ब ११ करोड र बैङ्क तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा छ । कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार