काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूले ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्, जुन ७।३ प्रतिशतको वृद्धि हो । नेपाल राष्ट्र बैङ्कका अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ मात्र थियो । जसले चालू वर्षमा कर्जा प्रवाहमा वृद्धि भएको देखाउँछ ।
राष्ट्र बैङ्कले चालू आर्थिक वर्षमा कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । वैशाख मसान्तसम्म यो वृद्धि ७.३ प्रतिशतमा सीमित छ । वार्षिक विन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ। यसमध्ये गैर–वित्तीय संस्थागत क्षेत्रको कर्जा अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको कर्जा अंश ३६.९ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यी अंशहरू क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत थिए ।
समीक्षा अवधिमा वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ७.६ प्रतिशतले, विकास बैङ्कहरूको ४.१ प्रतिशतले र वित्त कम्पनीहरूको ६.५ प्रतिशतले बढेको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४।६ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत कर्जा प्रवाह भएको छ । २०८१ वैशाख मसान्तमा यस्तो कर्जाको अंश क्रमशः १२.१ प्रतिशत र ६८.५ प्रतिशत थियो ।
यस अवधिमा विभिन्न क्षेत्रतर्फको कर्जा प्रवाहमा वृद्धि भएको छः औद्योगिक उत्पादन क्षेत्रमा ९.० प्रतिशत, निर्माण क्षेत्रमा १२.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ४.९ प्रतिशत, यातायात, सञ्चार र सार्वजनिक सेवामा ११.९ प्रतिशत, सेवा उद्योगमा ७.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ८.८ प्रतिशत ।
यस्तै, आवधिक कर्जा ५.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३९.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशत, हायर पर्चेज कर्जा ४.१ प्रतिशत, नगद प्रवाह कर्जा ३.४ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले बढेको छ । यद्यपि, अधिविकर्ष कर्जा भने १२.९ प्रतिशतले घटेको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend