एजेन्सी । अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले गरेका कार्यहरूको आलोचना गरेकी छन् ।
ह्यारिसले विज्ञप्तिमार्फत लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न ट्रम्प प्रशासनले गरेको सुरक्षा कारबाहीको आलोचना गरेकी हुन् । उनले सुरक्षाकर्मी परिचालन जनताको सुरक्षाका लागि नभई त्रास फैलाउनका लागि भएको बताएकी छन् ।
‘नेसनल गार्ड परिचालन गर्नु अराजकता भड्काउने खतरनाक कदम हो‘ यो ट्रम्प प्रशासनको क्रूर र सुनियोजित एजेन्डाको एक हिस्सा हो, जसले त्रास र विभाजन फैलाउँछ,’ उनले भनेकी छन् ।
उनले अगाडी भनेकी छन्, ‘विरोध एउटा शक्तिशाली उपकरण हो जुन न्यायको लडाईमा अपरिहार्य छ । हाम्रा सबैभन्दा आधारभूत अधिकार र स्वतन्त्रताको रक्षा गर्न उभिने लाखौं अमेरिकीहरूलाई म निरन्तर समर्थन गर्छु ।’
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार नेसनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका थिए ।
लस एन्जलसमा जारी प्रदर्शन अवैध आप्रवासी धरकपडको विरोधमा हो । आप्रवासी प्रदर्शनका कारण लस एन्जलस शुक्रबारदेखि अशान्त छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend