Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    सोमबार, जेष्ठ २६ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमवार बस्ने भएको छ । बैठक संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने तय भएको छ।

    आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ ।

    त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

    यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ।व। २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

    आइतवार १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार