Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    आइतबार, जेष्ठ २५ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको आरोपमा अख्तियारले मुद्द दायर गरेको हो ।

    पहाडी लगायतले नेगोसियसनको नाममा बिलिङ प्रणालीमा चिनियाँ कम्पनी एसिया इन्फोसँग मिलेर वर्षेनी करोडौं रकम टेलिकमलाई घाटा पुर्याएको अख्तियारको निष्कर्ष छ ।

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।

    अख्तियार स्रोतका अनुसार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार