काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षले आज काठमाडौंमा शक्तिप्रदर्शन गरेपछि आत्तिएका प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ गते आफ्नो बचाउमा मानिस उतार्ने भएका छन् । पंचायतकालमा प्रजातन्त्रका लागि जनआन्दोलन हुँदा पंचहरुले पंचर्याली निकाल्ने गरेकै जस्तो सत्ताको दुरुपयोग गरी ओलीले मानिस भेला गर्न लागेका छन् ।
ओलीको पंचर्यालीका लागि राज्यकोष परिचालन गरी मानिस भेला गर्न पंचायतकालमा जस्तो प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ । ओली असंवैधानिक कदमका बिरुद्ध बरिष्ष्ठ अधिवक्ता, अधिकारकर्मी, नागरिक समाज लगायतका सबै तह र तप्का सडकमा उत्रिएपछि सत्ताको उन्माद देखाउँदै माघ २३ मा पंचर्याली निकाल्न लागिएको छ ।
ओलीले आजको नेकपा प्रचण्ड-माधवको बिरोध प्रदर्शनलाई होच्याउँदै माघ २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गरेका छन् ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा शुक्रबार आयोजित पेशागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, आज अलिअलि मान्छे जम्मा गरेछन् । तर वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend