Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • युद्ध र हिंसा कसैले पनि चाहेका छैनन्, न्यायाधीशले चाहन्छन् भन्ने कल्पना गर्न सक्दिनँः प्रचण्ड


    शुक्रबार, माघ ९ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा युद्ध, हिंसा र अराजकता कसैले पनि नचाहेको बताएका छन् ।

    प्रतिनिधिसभा बिघटनका बिरुद्ध आज आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘युद्ध, हिंसा र अराजकता कसैले पनि नचाहेको अवस्थामा अदालतका न्यायाधीश कोही पनि द्धन्द्ध चाहनुहुन्छ भन्ने कल्पना गर्न सक्दिनँ ।’

    देशलाई बर्बाद पार्ने भूमिका कसैले पनि खेल्नु नहुने उनको भनाइ थियो । सभालाई सम्बोधन गर्र्दै प्रचण्डले भने, ओलीको निरंकुश कदमलाई सही ठहर्याइयो भने शान्ति प्रक्रिया नै अवरुद्ध हुन्छ ।

    प्रचण्डले भने, आफू जनतासँग अपील गरेर निरंकुशता सच्याउन निरन्तर प्रयास गर्ने पनि बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार