Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हार्वडमा विदेशी बिधार्थीले पढन पाउने, अदालतको रोक्यो ट्रम्पको निर्णय


    शुक्रबार, जेष्ठ २३ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका थिए ।

    अहिले यस विषयमा संघीय न्यायाधीशले आफ्नो फैसला सुनाएका छन् । न्यायाधीशले ट्रम्पको घोषणालाई अस्थायी रूपमा प्रतिबन्ध लगाएका छन्।

    हालै जारी गरिएको घोषणाले अमेरिकाको सबैभन्दा पुरानो र धनी कलेजलाई यसको विद्यार्थी संगठनको एक चौथाईबाट वञ्चित गर्ने ट्रम्प प्रशासनको पछिल्लो प्रयासलाई रोक लगाएको छ, जुन हार्वर्डको अनुसन्धान र छात्रवृत्तिको ठूलो हिस्सा हो।

    यो घोषणापछि हार्वर्ड युनिभर्सिटीले ट्रम्पको निर्णय रोक्न संघीय अदालतमा गएको थियो र यो आदेश रोक्न संघीय न्यायाधीशसमक्ष कानूनी चुनौती दायर गरेको थियो। जस अनुसार अदालतले हार्वडको माग अनुसार आदेश जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार