Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिरोध सभामा नजान कर्मचारीलाई सरकारको खबरदारी, हिसाबकिताव गर्ने प्रचण्डको चेतावनी


    शुक्रबार, माघ ९ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा बिघटनका बिरुद्ध आज आयोजित बिरोध प्रदर्शनमा कर्मचारीहरुलाई सहभागी नहुनका लागि सरकारले दबाब दिएको खुलासा भएको छ । कर्मचारीलाई कार्यालय समयमा बाहिर जान नदिन सरकारका सहसचिव र सचिवलाई निर्देशन दिइएको थियो ।

    आजको विशाल बिरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मानवअधिकार र लोकतन्त्रका पक्षमा स्वतस्फुर्त रुपमा आन्दोलित कर्मचारीहरुलाई सत्ताले तर्साउने काम गरिरहेको बिषय उठाएका छन् । ‘ओली सरकारले कर्मचारीलाई लोकतन्त्रका पक्षमा आवाज नउठाउन खबरदारी गरिरहेको छ, मण्डलेकरण देखाइरहेको छ’– प्रचण्डले चेतावनी दिंदै भने– कर्मचारीलाई छोएर मात्र हेर, त्यसको हिसाबकिताव हुन्छ ।

     शाही सरकारलाई समेत बिर्साउनेगरी ओली सरकारले कर्मचारीलाई तर्साउने काम गरेको छ । तर्साएर मात्र नपुगी आजको बिरोध सभा भाँड्न र कर्मचारीको सहभागिता नहोस् भनेर कार्की ब्याक्वेटमा प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आज १ बजेबाट पेशागत विशेष जिल्ला कमिटीको भेला राखिएको थियो । अध्यक्ष प्रचण्डले भने–ओली सरकारको दबाबमा परी विभिन्न मन्त्रालयका सहसचिव र सचिवहरुले कर्मचारीहरुलाई कार्की ब्यांक्वेटमा जानका लागि निर्देशन दिएका छन् । त्यसको पनि हामीले हिसाबकिताव राखेका छौंं ।

    सरकारको निर्देशनका बाबजुद आजको बिरोध प्रदर्शनमा उल्लेख्य कर्मचारीहरुको उपस्थिति थियो । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय निजामती कर्मचारी संगठनमा आवद्ध ९० प्रतिशत कर्मचारी आजको बिरोधसभामा सहभागी थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार