Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच डेढ घण्टा टेलिफोन संवाद, ट्रम्पले गरे चीन जाने घोषणा


    शुक्रबार, जेष्ठ २३ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन संवाद भएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग डेढ घण्टा कुराकानी भएको सामाजिक सञ्जालमा जानकारी दिएका छन् । धेरै कुराकानी व्यापारबारे भएको उनको भनाइ छ । कुराकानी दुवै देशका लागि सकारात्मक रहेको पनि ट्रम्पले उल्लेख गरेका छन् ।

    ट्रम्पले आफू चाँडै चीन भ्रमण गर्ने योजनामा रहेको समेत खुलाएका छन् । उनले चिनियाँ राष्ट्रपतिलाई अमेरिका भ्रमणको लागि निम्तो पनि दिएका छन् । यद्यपि दुवै देशले अहिलेसम्म आधिकारिक रूपमा कुनै भ्रमणको पुष्टि गरेका छैनन् ।

    ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेट्र्जसँगको भेटमा ट्रम्पले भने, ’सी जिनपिङले मलाई चीन आउन आग्रह गरे र मैले उनलाई अमेरिका आउन आमन्त्रित गरें । हामी दुवैले यो प्रस्ताव स्वीकार गरेका छौं ।’

    चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार ह्वाइट हाउसको अनुरोधमा दुई नेताहरूबीच लामो कुराकानी भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार