Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी ओलीलाई तीन वर्षसम्म तह लगाउन सकिएन, अब तह लगाउँछाैं : प्रचण्ड


    शुक्रबार, माघ ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई आफूहरुले ३ वर्षसम्म तह लगाउन नसकिएकाे बताएका छन् ।

    शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित प्रचण्ड–नेपाल समूहद्वारा आयाेजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले बितेकाे ३ वर्षसम्म ओलीलाई तह लगाउन नसकिएकाे भएपनि अब तह लगाउने बताए ।

    ‘तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्,’ उनले भने, ‘सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय उनका कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन यो सभामा म आत्मआलोचना गर्न चाहन्छु ।’

    केपी ओलीले संसद मात्रै हाेइन शान्ति प्रक्रिया समेत विघटन गर्न लागेकाे प्रचण्डकाे आराेप थियाे । साथै उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीकाे कदम कसैले पनि राम्राे नमानेकाे दावी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार