Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हङकङ र नेपाल हाफटाइम अघि गोलरहित अवस्थामा


    बिहिबार, जेष्ठ २२ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ ।

    बिहीबार सो कोन पोस्थित हङकङ रंगशालामा जारी खेलमा दुबै टोली गोलरहित अवस्थमा रहेका छन ।

    जारी खेलको ४२औं मिनेटमा सोरेस जुनियरले करिब २२ यार्ड परबाट गरेको प्रहार नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिएका थिए ।

    अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

    त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ ।

    छनोट प्रतियोगिताको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई आतिथ्यता गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार