Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले घुँडा नटेक्दासम्म आन्दोलन रोकिँदैन : झलनाथ खनाल


    शुक्रबार, माघ ९ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटन गर्ने निर्णय नसच्चिएसम्म आफूहरूको आन्दोलन नरोकिने बताएका छन् ।

    प्रतिनिधि सभा विघटन प्रतिक्रान्तिको थालनी भएको र देशलाई अस्थिरताबाट बचाउन सडकमा आउनुपरेको खनालले बताए ।

    शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले आफूहरूले नै बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी र प्रतिक्रान्तिकारी काम गरेको आरोप लगाए । प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान च्यात्ने काम गरेको खनालको आरोप थियो ।

    ‘हामी कफन बाँधेर सडकमा ओर्लेका छौं । जबसम्म ओलीले घुँडा टेक्दैनन्, हामी अगाडि बढिरहन्छौं,’ खनालले भने, ‘केपी ओली कम्युनिस्ट आन्दोलनका घातक तत्व रहेछन् । ओली अब कमरेड रहेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार