Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद पुन:स्थापना वा निर्वाचन दुवैबाट समस्याको समाधान हुन सक्दैन : राजेन्द्र महतो


    शुक्रबार, माघ ९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • राजविराज । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् । साथै उनले अहिलेको समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने जिकिर समेत गरेका छन् ।

    सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने भन्दै निर्वाचनबाट भाग्न नमिल्ने बताए । साथै उनले समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने पनि जिकिर गरेका छन् ।

    ‘अहिले न चुनाव न त प्रतिनिधिसभाको पुन:स्थापनले नै निकास दिन सक्छ,’ महतोले भने, ‘मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुन सक्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार