Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसद विघटनसम्बन्धीकाे सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस


    शुक्रबार, माघ ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संसद विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा पेस भएकाे छ । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका हुन् ।

    बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि इजलासले महान्यायाधीवक्तालाई राजपत्र छ कि छैन भनेर प्रश्न गरेको थियो ।

    सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो । महान्यायाधिवक्ताले शुक्रबार इजलासलाई राजपत्र दिँदै आफू कामविशेषले हिजो अफिस फर्केको बताए । सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार