Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेदरल्याण्ड बिरूद्द नेपाल फिल्डिङमा, सोमपालले लिए पहिलो बिकेट


    बुधबार, जेष्ठ २१ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा फिल्डिङ गरिरहेको छ । सो लिगको त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गरिरहेको हो ।

    खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर ब्याटिङको निर्णय लिए पछि नेपाल फिल्डिङमा उत्रिएको हो ।

    सोमपाल कामीले पहिलो बिकेट लिइसकेका छन् । पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल त्यो लयलाई निरन्तरता दिने सोचमा छ ।

    नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्स तीन तथा नेपाल दुई खेलमा विजयी भएका छन् ।

    नेदरल्यान्ड्स २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १३ खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार