फाइल फोटो
काठमाडौं । दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बुधबारदेखि थुनछेक बहस सुरु भएको हो।
काठमाडौँको तीनकुनेमा गएको चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा ६५ जनाविरुद्ध मुद्दा चलाइएको छ। ती मध्ये चार बालकलाई काल अदालत भक्तपुरमा र ११ जना मध्ये पक्राउ परेका १० जना आपराधिक उपद्रवको कसुरमा धरौटीमा रिहा भइसकेका छन्।
राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवमा ५० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये दुर्गा प्रसाईँसहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ। उनीहरु मध्ये अभियोग पत्रसाथ अदालतमा पेश गरिएका ३९ जनाको एकसाथ थुनछेक अगाडी बढेको हो।
जेठ ११ गते अदालतमा अभियोग पत्र दर्ता भएको थियो। त्यसपछि उनीहरुको बकपत्र चलिरहेको थियो। बकपत्र सकिएसँगै जिल्लान सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो। सरकारी वकिलले दुई दिन समय लिए अर्को साता मात्रै उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ।
यही मुद्दाका प्रतिवादी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवम् महामन्त्री धवलशमशेर राणालाई भने अनुसन्धानकै क्रममा छाडिएको थियो। उनीहरु पनि यो थुनछेक बहसपछि आफैँ अदालतमा हाजिर हुन सक्नेछन्। उनीहरुको हकमा पनि त्यसपछि अदालतमा थुनछेक हुनेछ। अहिले उनीहरु फरारको सूचीमा छन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend