पथरी । पथरीमा सम्पन्न प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले जितेको छ ।
मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टिमले डाँस-मोरङी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको डाँस मोरङी क्लबले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।
डाँसका लागि उमर सानीले सर्वाधिक ३२ रन बनाए भने रोहित राजवंशीले २२, प्रदीप मण्डलले १७ र दीपेश सुवेदीले १६ रनको योगदान दिए ।
बलिङतर्फ आयोजक टिमका सुरज न्यौपानेले ३ विकेट लिए भने मोहम्मद निशार र ज्ञानेन्द्र श्रेष्ठले समान २/२ विकेट तथा अभि लिम्बू र नितेश साहनीले १/१ विकेट लिए ।
१२२ रनको लक्ष्य आयोजक टिमले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जितमा सोनु मण्डलको ३६ रन, विजय घिमिरेको २९ रन र सुरज न्यौपानेको १७ रन महत्वपूर्ण रहे। डाँसका आर. के. मण्डलले ३ विकेट र प्रदीप मण्डलले २ विकेट लिए ।
व्यक्तिगत विधामा पनि आयोजक टिमको बर्चस्व
प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिमका सुरज न्यौपाने घोषित भए। उनी फाइनलमा समेत म्यान अफ दि म्याच बन्न पुगे ।
उत्कृष्ट ब्याट्सम्यानको उपाधि सोनु मण्डलले पाउँदा, उत्कृष्ट बलर डाँसका उमर सानी घोषित भए। उदीयमान खेलाडीको रुपमा पथरी-शनिश्चरे क्रिकेट क्लबका अभिषेक विक बाला चयन भए ।
विजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पायो। विजेता तथा उपविजेता टिमलाई पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का अध्यक्ष जीवन खतिवडासहितका विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।
मौसमको कारण आइतबार तय गरिएको फाइनल खेल मंगलबार सम्पन्न गरिएको हो। प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend