काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा एक जना टिकटकरको गोली हानी हत्या गरिएको छ । बीबीसी हिन्दीका अनुसार १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको हो ।
सोमबार साँझ इस्लामावादस्थित अज्ञान व्यक्ति उनको घरमा घुसेर सनाको हत्या गरेको हो । इस्लामावाद पुलिस स्टेसनमा सनाकी आमाले आफ्नो छोरीको हत्या भएको भन्दै एफआईआर दर्ता गरेकी छन् । प्रहरीका अनुसार सनाकी आमाले आफ्नो घरमा एक व्यक्त अचानक पसेर छोरीको छातीमा दुई गोली हानिएको एफआईआरमा उल्लेख छ ।
गोली लागेर घाइते भएकी सनालाई छिमेकीको कारमा राखेर उपचारका लागि अस्पताल पुर्याएको भए पनि उनको मृत्यु भइसकेको सनाकी आमाले भनेकी छन् ।प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न अभियुक्तबारे थुप्रै प्रमाण फेला परिसकेको र उनी चाँडै पक्राउ पर्ने दाबी गरिएको छ ।
अनुसन्धान अधिकारीका अनुसार सनामाथि गोली हान्नु अघि अभियुक्तले उनको घरको खानातलासी गरेका थिए । जब आरोपीले सनाका आमा-बुबा घरमा नरहेको देखे त्यसपछि सिधै सनाको कोठामा पसेर उनीमाथि गोली हानिएको थियो ।
उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी बासिन्दा हुन्, तर उनको परिवार केही समयदेखि इस्लामाबाद बस्दै आएको पाइएको छ । सनाको टिकटक एकाउन्टमा करिब ८१ हजार फलोअर्स छन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend