Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘बहुमतप्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने हो, संसद विघटन गर्ने होइन’


    बिहिबार, माघ ८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । नेपाली कांग्रेस नेता गगन थापाले बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके राजनीतिबाट सन्यास लिएर बस्नुपर्ने बताएका छन् ।

    बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै नेता थापाले पटकपटक सरकार चलाउन नसकेर संसद भंग गरेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइको खण्डन गर्दै सरकार चलाउन नसक्नेले घर बस्नुपर्ने बताएका हुन् ।

    संविधानमै नभएको व्यवस्थाबाट संसद भंग गर्नु ओलीको असंवैधानिक र गैरराजनीतिक कदम भएको थापाको भनाइ थियो । उनले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने । घर बस्न नसक्ने वन पस्ने । मलाई अदालतमा उभ्याइए त्यही जवाफ दिन्थें ।’ संविधानमै नभएको व्यवस्थाको यस्तो प्रश्न सोधर न्यायाधीशहरुले समेत समय खेर फाल्न नहुने उनले बताए ।

    नेता थापाले प्रधानमन्त्रीले संसद् भंग गरेर देशलाई दुर्घटनामा फसाएको दाबी गरे । प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्चाइदिनुपर्ने उनले तर्क गरे । सर्वोच्च अदालतले कुनै भ्रममा नपरी संविधान सम्झेर निर्णय गर्ने विश्वास आफूमा रहेको बताउादै त्यसबाहिर न्यायाधीश जान नहुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार