Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ एक हजार रुपैँयाले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, जेष्ठ १९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (सोमवार) सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो ।

    सोमबार छापवाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार प्रतितोला एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार