काभ्रे । नेपाली कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अदालतलाई धम्क्याउने प्रवृत्ति पराजित हुने बताएका छन् ।
बिहीबार काभ्रेमा भएको एक कार्यक्रममा बोल्ने पूर्वमन्त्रीसमेत रहेका रिजालले संसद विघटन प्रकरणमा अमेरिकाको उदाहरण दिँदै अदालतलाई धम्क्याउने प्रवृत्ति पराजित हुने बताएका हुन् । कार्यक्रममा उनले भने ‘अदालतलाई धम्क्याउने ट्रम्प प्रवृत्ति अमेरिकामा पराजित भयो, नेपालमा पनि पराजित हुन्छ।’
संविधान मस्यौदा समितिका सदस्यसमेत रहेका रिजालले प्रधानमन्त्रीलाई ताजा जनादेशमा जाने बाटो राख्न आफूले प्रस्ताव गर्दा तत्कालीन एमाले र माओवादी केन्द्रले विरोध जनाएको दाबी गरे । ‘५ वर्षको बीचमा ताजा जनादेशमा जान सकिने कही त बाटो राख्नुपर्छ भन्ने कांग्रेसको विचार थियो, तर तत्कालीन एमाले र माओवादीका नेताले नै विरोध गर्नुभयो,’ कांग्रेसको बनेपा वडा नम्बर ७ ले बनेपामा गरेको विरोध सभामा रिजालले भने, ‘कम्युनिष्टकै अडानका कारण प्रतिनिधी सभा विघटन गर्न नमिल्ने, २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने लगायतका विषय परेका हुन् ।’
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत कांग्रेसका केन्द्रीय सदस्य रिजालले संसद् पुनःस्थापना भएपछि बहुमत सिद्ध गर्न नसके सहमतिमा निर्वाचनमा जान आफूहरु तयार भएको बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend